काठमाडौं – स्याङ्जा जिल्लाको क्षेत्र नं २ मा बुधबार राति ९ बजेदेखि मतगणना हुने भएको छ। बुधबार साँझ सम्पन्न सर्वदलीय बैठकले मतगणना सुचारु गर्ने सहमति गरेको हो।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा धाँधली भएको भन्दै नेकपा (एमाले) का उम्मेदवार पद्मा अर्यालसहित प्रतिनिधि सभा र प्रदेश सभाका १४ उम्मेदवारले छानबिन र पुनः मतदानको व्यवस्था गर्न माग गरेका थिए।
निर्वाचन आयोगले भने उक्त क्षेत्रमा पुनः मतदान नगरी मतगणना गर्न निर्देशन दिएको थियो।
सो क्षेत्रमा एमालेका अर्याल र नेपाली कांग्रेसका धनराज गुरुङबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।