स्वदेशमै लगानी गर्न एनआरएनएलाई प्रधानमन्त्रीको आग्रह

13

(काठमाण्डौं) – प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीहरुलाई स्वदेशमै आएर आफ्नो सीप र क्षमताको उपयोग गर्न आग्रह गरेका छन् । आफ्ना सीप र ज्ञानलाई सकेसम्म स्वदेशमै नभए विदेशबाटै गैरआवासीय नेपालीका रुपमा स्वदेशको विकासका लागि विविध क्षेत्रबाट योगदान गर्न एनआरएनएलाई प्रधानमन्त्री ओलीको आग्रह थियो ।

भर्खरै सम्पन्न गैरआवासीय नेपाली संघको नवौं अन्तर्राष्टिकय सम्मेलननबाट निर्वाचित पदाधिकारीलाई बालुवाटारमा बधाई तथा शुभकामना दिँदै उनले देशमा यसअघि कहिल्यैको भन्दा बढी भ्रष्टाचारका विरुद्धमा कारबाही चलिरहेको बताए ।

सुशासनका दिशामा उल्लेखनीय कामहरु भइरहको भन्दै उनले भने, ‘दुई वर्षपछि अर्को अधिवेशनका समयमा तपाईंहरुले देशको मुहार निकै फेरिएको पाउनु हुनेछ ।’ गैरआवासीय नेपालीहरुले नेपालमा सामाजिकजागरण फैलाउन र समाजलाई नै उधमशीलतार्फ द्रूतगतिका साथ अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास आफूलाई भएको उनले बताए ।

उनले भने, ‘अहिले तपाईंहरु गर्व गर्न सक्नु हुन्छ, अन्तर्राष्टिय रुपमै नेपालको छवि माथि उठेको छ ।’ उनले भने, ‘अरु देशमा काम गरिरहेको नेपालीहरुका लागि बसेको देशमा बढी भन्दा अधिकार सुरक्षित होस, श्रमको रोजगारीमा जानेले कसरी अधिकार सुरक्षित र सुविधा कसरी हुन सक्छ भन्ने विषयमा ध्यान पु¥याएर काम गरी रहेका छौं । त्यसैका लागि हामी विभिन्न देशहरुसँग श्रम सम्झौता गरिरहेका छौं ।’

प्रधानमन्त्री ओलीले नेपाली बाहिर जाने भन्दा स्वदेशमै बसेर देश बनाउन आवश्यक रहेको बताए । उनले भने, ‘हामी त्यसरी फर्किएर आउनेहरुका लागि आवश्यक सुविधा प्रदान गर्न चाहन्छौं । तर, बाहिर जाने नै हो भने पनि दक्षभएर जानु पर्छ भन्ने कुरामा हामी जोड दिन चाहन्छौं, आवश्यक तालिम दिएर विदेश जान सुझाव दिन्छौं । बाहिर गएकाहरुबाट देशभित्र प्रविधि हस्तान्तरण हुन सकोस्, यहाँका नेपालीहरुलाई तालिम दिन सरकार गैरआवासीय नेपालीहरुको संघसँग सहकार्य गर्न तत्पर छ । तालिम दिने संस्था सहकार्यमा खोल्न पनि सकिन्छ ।’

समाचार वर्गहरू