स्वदेश फर्किए उपप्रधानमन्त्री श्रेष्ठ

33

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ मुटुमा स्टेन्ट राखेर स्वदेश फर्किएका छन्। चीनको बेइजिङबाट छेन्दु हुँदै उनी केही बेरअघि  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

अक्टोबर १७ र १८ मा बेइजिङमा आयोजित तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन उनी चीन गएका थिए।

फोरमको कार्यक्रममा सहभागी भएपछि  श्रेष्ठलाई हृदयाघात भएको थियो। तत्काल बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पताल लगिएका श्रेष्ठको आकस्मिक शल्यक्रिया गरी मुटुमा  स्टेन्ट राखिएको थियो।  पाँच दिनसम्मको उपचारपछि उनको अवस्था सामान्य बनेको छ।

तर चिकित्सकले अझै केही दिन विश्राम लिन सुझाएको उनको सचिवालयले जनाएका छन्। उनी केही दिन आरम गरेर नियमित काममा फर्कने उनको सचिवालयले जनाएको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू