स्वास्थ्यमन्त्री बस्नेतले गरे ९ उच्च अधिकारीको जिम्मेवारी हेरफर, को–कँहा ?

8

काठमाडौं –  स्वास्थ्यका मन्त्रालय अन्तर्गतका ९ उच्च अधिकारीको जिम्मेवारी हेरफर गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्यका ९ उच्च अधिकारीहरुको जिम्‍मेवारी हेरफेर गरेका हुन् ।

मन्त्री बस्‍नेतले राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा. बद्री रिजाल नियुक्त गरेका छन् । हार्डजोर्नी रोग विशेषज्ञ डा. रिजाललाई ट्रमा सेन्टरको मेसु बनाएका हुन् ।

परोपराकार प्रसुति तथा स्त्री रोग अस्पतालको निर्देशकको जिम्मेवारी डा. श्री अधिकारीले पाएका छन् । परोपकार प्रसुतिका निर्देशक डा. पवनजंग रायामाझी मन्त्रालय तानिएको स्रोतले जनाएको छ।

यसअघि ट्रमा सेन्टरमा मेसु डा. रुद्र मरासिनीलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाइएको मन्त्रालय स्रोतले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास स्वास्थ्य मन्त्रालय तानिएका छन् ।

यसैगरी राष्ट्रिय तालिम केन्द्रको जिम्मेवारी डा. अनुज भट्टचनलाई दिइएको छ। तालिम केन्द्रका निर्देशक डा. यदुचन्द्र गौतमलाई स्वास्थ्य मन्त्रालयमा ल्याइएको छ।

यस्तै औषधि व्यवस्था विभागको जिम्मेवारी नारायण ढकाललाई दिइएको छ। विभागका महानिर्देशक भरत भट्टराईलाई राष्ट्रिय औषधि प्रयोगशालामा पठाइएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू