(काठमाडौं) – स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल lमहाराजगञ्जमा सीसीयूमा भर्ना भएका हुन् ।
नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार बिहान मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टर लगिएको र सीसीयू (सर्किट केयर युनिटमा) भर्ना गरिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।
सन् २००७ मा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीको मिर्गौलाको कार्यक्षमताका ह्रास आएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा चार पटक डायलासिस गरिएको छ । शरीरमा बढेको एन्टिबडी कम गर्न केही महिनाअघि सिंगापुरमा उनको प्लाज्मा फेरेसिस् गरिएको थियो ।
पछिल्लो पटक भने राजधानीको ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस गरिँदै आएको छ । हालसम्म प्रधानमन् त्री ओलीको चार पटक डायलासिस भएको छ ।