हत्यामा संलग्न दुई धादिङबाट पक्राउ

26
t:jL/ M leGgfleGg} 36gfsf @ xTofdf ;+nUg /fh]z jf:sf]6f-jf“of_ / n'/]jxfb'/ g]kfnL -bfof“_ . t:jL/ M xl/x/÷sflGtk'/

(धादिङ) – धादिङमा भएका दुई छुट्टाछुट्टै हत्या घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालउ धादिङले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सिद्धलेक गाउँपालिका–४ का १९ वर्षीय राजेश बास्कोटा र नीलकण्ठ नगरपालिका–१४ लुरेबहादुर नेपाली रहेका छन् । यही फागुन २३ गते साँझ मदिरा सेवनपछि आपसी विवादमा सिद्धलेक–४ सुविटारस्थित कच्ची सडकमा ६३ वर्षीय गोपाल दमाईलाई बास्कोटाले टाउको र अनुहारमा ढुङ्गा प्रहार गरी हत्या गरेका थिए ।

घटना लगत्तै प्रहरीले बेनीघाट ३ शितलबारस्थित पृथ्वी राजमार्गबाट उनलाई पक्राउ गरेको थियो ।
लुरेबहादुर नेपालीले यही फागुन २३ गते अपरान्ह १२ बजे ४२ वर्षीय श्रीमती कान्छीमाया परियारलाई शरीरका विभिन्न भागमा फलामे ढुँग्रोले प्रहार गरी हत्या गरेका थिए । नेपालीलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

समाचार वर्गहरू