काठमाडौं – हयात रिजेन्सी होटलले जेन्जी होटलमा कार्यरत सबै मजदुरलाई बिदा दिएको छ ।
आन्दोलनमा तोडफोडपछि बन्द रहेको होटल मर्मतका नाममा होटलमा कार्यरत १ सय ३३ मजदुरलाई बिदा दिएको होटलले सुचना मार्फत जनाएको छ ।
होटलका महाप्रबन्धक आशीष कुमारले मानव संशासधन विभागलाई पत्र लेखेर अहिले होटल बन्द भएको, मर्मतसम्भारका लागि ऋण खोज्नु परेको, कर्मचारी राख्न नसक्ने अवस्था भएको भन्दै सबै कर्मचारी र मजदुर मंसिर २२ गतेभित्र बिदा दिन निर्देशन दिएका छन् ।
उनले श्रमिकको व्यवस्थापनसम्बन्धी विकल्पमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल गर्दा कुनै निष्कर्ष नआएकाले सम्पूर्ण श्रमिकलाई कटौती गर्नुपर्ने भएकाले ३० दिन अर्थात मंसिर २२ गतेदेखि लागू हुने गरी श्रम ऐन २०७४ को दफा १४५ बमोजिम सम्पूर्ण (१३३) श्रमिक कटौती गरिएको बताए ।
महाप्रबन्धक कुमारले भनेका छन्, ‘कोभिड १९ का कारण लामो समय होटल तथा पर्यटन क्षेत्र बन्द भइ ठूलो आर्थिक क्षति हुँदा भदौ २४ गतेको घटनाका कारण पुनः होटललाई ठूलो आर्थिक क्षति भएको र मर्मत सम्भारका लागि करोडौँ रकम लाग्ने तथा मर्मत अवधिभर होटलको कुनै आम्दानीको स्रोत समेत नहुने भएकाले होटल थप ठूलो आर्थिक चुनौती भोगिरहेको छ ।’