सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले वैकल्पिक सडक मार्फत गाउँपालिकालाई राजधानी सँग जोड्ने तयारी थालेको छ ।
गत असार १ गतेको बाढीले तहस नहस भएको हेलम्बुको घाउ खाटा बस्न नपाउँदै गत साउन १६ गते शनिबार आएको भिषण बाढिका कारण हेलम्बुमा सडक यातायात पुर्ण रुपमा टुटेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।
अध्यक्ष शेर्पाले भने, ‘ गाउँपालिकासम्म मोटर जाने एउटामात्र चनौटे बजारमा रहेको रातोपुल पनी बाढिले बगाएपछी सुन्दरीजल चिसापानी कुटुमसाँङ हुँदै हेलम्बु जोड्ने मोटरबाटोलाई वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न लागेका छौं ।’
यसैक्रममा हेलम्बु गाउँपालिकाले सोमबार एक पत्र लेख्दै सडक सञ्जालबाट बञ्चित हुँदा आपतकालिन उद्दारमा समेत कठिनाई परेको अवस्थामा वैकल्पिक मार्ग निर्माणमा सहयोग गरिदिन अनुरोध गरेको छ ।
‘बाढिका कारण काठमाडौं सँगको सडक सम्पर्क पुर्ण रुपमा विच्छेद भएकोले गम्भिर तथा आकस्मिक स्वास्थ्यसेवा प्राप्त गर्नुपर्ने बिरामी तथा कार्यालयका नियमित कामकाजका कर्मचारि लगायत आम सर्व साधारणको आवत जावतकालागी मेलम्चि खानेपानी आयोजना सुरुङको ग्याल्थुम देखी काठमाडौं सुन्दरिजल सम्मको सडक खण्ड यातायात संचालनक गर्ने प्रयोजनार्थ सहयोग गरिदिनुहुन अनुरोध छ ।’ पत्रमा उल्लेख छ ।
शनिबार राति मेलम्चीमा गएको बाढी र पहिरोको उद्गमस्थलको आइतबार बिहान हेलिकप्टरबाट अनुगमन गरेर फर्केपछि अध्यक्ष शेर्पाले प्रमुख जिल्ला अधिकारी र गृहमन्त्रीलाई मेलम्ची खोला वरपरका बस्ती सार्नुपर्ने र त्यसका लागी संघिय सरकारले अविलम्ब पहल गर्नुपर्ने जानकारी गराइसकेको पनी बताए।