हेलम्बु-काठमाडौं वैकल्पिक सडक मार्फत जोडियो

16

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले वैकल्पिक सडक मार्फत गाउँपालिकालाई राजधानी सँग जोड्ने भएको छ ।

गत असार १ गतेको बाढीले तहस नहस भएको हेलम्बुको घाउ खाटा बस्न नपाउँदै गत साउन १६ गते शनिबार आएको भिषण बाढिका कारण हेलम्बुमा सडक यातायात पुर्ण रुपमा टुटेकोले वैकल्पिक सडक सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

अध्यक्ष शेर्पाका अनुसार काठमाडौं बाट हेलम्बु जानको निम्ति तत्कालका लागी दुइवटा वैकल्पिक मार्ग तयार गरिएको छ । काठमाडौं बाट शाँखु, भोटेचौर, हैबुङ, पाटिभञ्ज्याङ हुँदै हेलम्बुको ग्याल्थुम सम्म पुग्न सकिने एउटा रुट तयार भएको छ ।

त्यस्तै काठमाडौं बाट सुन्दरीजल, चिसापानी, कुटुमसाँङ, पाटिभञ्ज्याङ, चित्रे, ग्यालथुम शेरा हुँदै थापाटार जोड्ने मोटरबाटोलाई वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न सकिने अध्यक्ष शेर्पाले बताएका छन् ।

यो बाटो सञ्चालन भए पश्चात हेलम्बुका बिरामीको उपचारका साथै दैनिक उपभोग्य बस्तुको आयातमा समेत सहजता आउने उनको भनाइ छ । उक्त सडक सञ्चालन हुँदा पनी हेलम्बुका किउल, पाल्चोक, शेर्माथान, तिम्बु, चुरेटार, लगायतका बस्ति र गाउँपालिका कार्यालय समेत सडक सम्पर्कबाट बञ्चित नै हुनेछन् ।

यसैबिच सिन्धुपाल्चोक क्षेत्र नं २ का संघिय सांसद एवं पुर्व मन्त्री शेर बहादुर तामाङले राधानी बाट हेलम्बु जोड्ने उक्त वैकल्पिक सडकको आवश्यकता नरहेको बताएका छन्। मंगलबारको संसद बैठकमा बोल्दै पुर्व मन्त्री तामाङले मानव बस्तिलाई छलेर बनाइएको उक्त मार्गको  उपयोगिता नभएको बताएका हुन् ।

यसैक्रममा हेलम्बु गाउँपालिकाले सोमबार मेलम्चि खानेपानी आयोजनालाई एक पत्र लेख्दै सडक सञ्जालबाट बञ्चित हुँदा आपतकालिन उद्दारमा समेत कठिनाई परेको अवस्थामा वैकल्पिक मार्ग निर्माणमा सहयोग गरिदिन अनुरोध गरेको छ ।

No description available.

समाचार वर्गहरू