काठमाडौं – चाइल्ड नेपालको सहकार्यमा हेलम्बुका बिभिन्न विद्यालयमा दिवा खाजा कार्यक्रमको व्यवस्थापन गरिने भएको छ ।
विद्यालयमा कक्षा ६–१२ दिवा खाजा कार्यक्रमको व्यवस्थापनका लागि हेलम्बु गाउँपालिका र चाइल्ड नेपालको सहकार्यमा सञ्चालनमा रहेको ICCEN परियोजनाको लागि सम्झौता पत्रमा आज हस्ताक्षर गरिएको छ ।
हस्ताक्षर कार्यक्रममा गाँउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, प्रमुख प्रशासकीय अधिकृत राजुभाइ श्रेष्ठ, चाइल्ड नेपालको कार्यकारी निर्देशक मोहन दंगाल लगायत उपस्थित थिए ।
हालका लागि एकिकृत सिकाइ केन्द्र, श्री सरस्वती माध्यमिक विद्यालय, हेलम्बु–४ र श्री महेन्द्र माध्यमिक विद्यालय, हेलम्बु–६ को कक्षा ६–१२ का ६०० विद्यार्थीहरूलाई चाइल्ड नेपालको सहकार्यमा दिवा खाजा कार्यक्रमको व्यवस्थापन गरिने बताइएको छ ।
हेलम्बु गाउँपालीकाले कक्षा १२ सम्म सम्पुर्ण विद्यालयमा पालिकाले दिवा खाजा व्यव्स्थापन गरिैरहेको छ ।