काठमाडौं -पछिल्लो २४ घण्टामा १२ सय २१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। ३४८ महिला र ८७३ पुरुष गरेर १२ सय २१ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार १२ हजार १७ जनाको पीसीआर परीक्षण गर्दा १२ सय २१ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ।
पछिल्लो २४ घण्टामा उपत्यकामा ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।पीसीआर परीक्षणको कुल संख्या ६ लाख ८२ हजार ३४३ पुगेको छ।२४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार महिला र १० जना पुरुषको मृत्यु भएको हो । आइतबार कोरोनाले मृत्यु पुष्टि भएका चार महिलामध्ये सुनसरी ७४, बारा ४७,
महोत्तरी ६२ र काठमाडौंकी ७२ वर्षीया महिला रहेका छन् ।
त्यसैगरी सुनसरी ६०, मोरङका ६२, महोत्तरी ७० र ३५, रौतहटका ३०, ललितपुरका २९, भक्तपुरका ६५, नवलपरासीका ६२, रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।