काठमाडौं – नेकपा एसका उपमहासचिव एवं प्रमुख सचेतक मेटमणि चौधरीले चेक अनादरको उजुरी दिने धात बुढामगरलाई फेरि अर्को ठूलो चेक दिएका छन् । गत असार १७ मा उनले साउन मसान्तमा साटिने गरी दुई करोड ७० लाख रूपैयाँको नयाँ चेक दिएको स्रोतले बतायो ।
मिलापत्र गर्न मेटमणि र बुढामगर असार १७ गते राति जिल्ला प्रहरी कार्यालय पुगेका थिए । प्रहरी स्रोतका अनुसार मेटमणिले २ करोड ७० लाखको चेकसहित सोही मुल्य बराबरको ३१ कठ्ठा जग्गा बुढामगरको नाममा पास गरिदिने सहमति गरेका छन् । उक्त सहमतिपछि जाहेरीकर्ताले मुद्दा प्रक्रियाबाट पछि हट्न तयार भएको स्रोतले बतायो ।
बुढामगरले साउन ६ गते सांसद चौधरीविरूद्व ५ करोड ४० लाख रुपैयाँको चेक अनादरको जाहेरी दिएका थिए । तर असार ८ गते उनले जाहेरी फिर्ताका लागि फेरि अर्को पत्र पठाएका थिए ।
मेटमणिले यसअघि शहरी विकासमन्त्री भएका बेला ठेक्का मिलाइदिन भन्दै व्यवसायी बुढामगरसँग ५ करोड ४० लाख रूपैयाँ लिएको आरोप लागेको छ ।