(बर्दिया) – ठूलो परिमाणको लागू औषध चरेश सहित बर्दियाबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका-७ भन्सार रोडबाट अवैध लागूऔषध चरेश ५८ केजी, मोबाइल ५ थान र नगद ३२ हजार ५ सय ९८ रुपैयाँ सहित ५ जनालाई शनिबार साँझ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका बस्नेहरु रुकुम पूर्व खबाङका ३४ वर्षीय राजकुमार पुनमगर, रुकुम (पश्चिम) मुसिकोट नगरपालिका १ का २७ वर्षीया जुनतारा पुन छन् ।
यस्तै, रुकुम पूर्व भुमे गाउँपालिकाका ३४ वर्षीया सुनथामी बुढामगर, रोल्पा दुईखोली गाउँपालिका ८ का २९ वर्षीय खीम प्रसाद रोकामगर र रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका बस्ने २६ वर्षीया अस्मिता रामजाली रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई सुरक्षा जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।