नवलपरासी – पश्चिम् नवलपरासी प्रहरी प्रमुख एसपी अजय केसिको निर्देशनमा चाड पर्वका लागि विशेष सतकर्ता अपनाइने भएको छ। तिहार नजिकदै गर्दा हुन सक्ने अप्रिय घटना तथा अपराधीक क्रियाकलाप नियन्त्रण गर्न र तस्करी न्यूनीकरण गर्नका निमित्त समेत पश्चिम् नवलपरासीमा व्यापक प्रहरी परिचालन गरिनुको साथै प्रहरीले बिशेष सतकर्ता बढाएको हो।
त्यसैक्रममा एसपी केसिकै बिशेष निर्देशनमा प्रहरीले आज भारतीय सिमावर्ती एरियाबाट अन्दाजी ५ लाख ७४ हजार ८ सय ७४ मुल्य बराबरको बिभिन्न अवैध मालसामान बरामद गरेको छ । दिउँसो १५:३० बजेको समयमा भारतबाट नेपाल तर्फ भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अं. ५१ हजार ७ सय ६० मुल्य बराबरको सेन्डो भेष्ट ठुलो २५० थान, सेन्डो भेष्ट सानो १२० थान अमुल कट्टु १०८ थान र ट्राउजर ९६ थान लगायतका सामान जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं. ४ वाईपासबाट बरामद गरेको हो ।
उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल लिई मानिस भागेका थिए । त्यसैगरी दिउँसो १६:५० बजेको समयमा भारतबाट नेपाल तर्फ भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अं. ५ लाख २३ हजार १ सय १४ मुल्य बराबरको टावेल (झाडन) १० पिस, सल १० पिस , सुट १० पिस, उलन सुट २० सेट, गाडीको बिभिन्न पार्टपुर्जाहरु, थान कपडा २७ रोल (जेन्स सर्ट) ५०६ मिटर, सुट २४ पिस, साडी ५ पिस लु ३६ प ६४९३ नं. को १५० CC को पल्सर मो.सा. , लु २ प ७५३० नं. को हिरो होण्डा मो.सा. र UP 56 AB 4581नं. को भारतिय प्लाटिना मो.सा लगायतका सामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गा.पा. वडा नं. ७ बुलन्दपुरबाट बरामद गरेको छ ।
उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि ३ वटा मोटरसाईकल र सामान छोडी मानिस भागेका थिए । वरामद गरिएका सम्पुर्ण सामान तथा नियन्यत्रणमा लिइएका उल्लेखित ३ वटा मोटरसाईकल समेत आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको नेपाल प्रहरी नायब उपरीक्षक डिएसपी राजु लामाले बताए ।