७७ वटै जिल्ला प्रशासन कार्यालयबाट जारी भएका सबै पास खारेज

28

(काठमाडौं) – गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुबाट जारी भएका सबै पास खारेज गरेको छ । बिहीबार मन्त्रालयमा बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका सह-प्रवक्ता उमाकान्त अधिकारीले जेठ ३ गतेदेखि लागू हुने गरी सम्बन्धीत जिल्ला भित्र र बाहिर आवगमन गर्न दिइएका सवारी पास खारेज गरिएको बताए ।

मन्त्रालयले यसअघि जिल्ला बाहिरका लागि जारी गरिएका पासहरु यसअघि नै मन्त्रालयले खारेज गरिसकेको छ । पासको दुरुपयोग बढेको तथा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गृहले कडाई गरेको हो ।

सबैखाले पास खारेज गरिएकोले अब काठमाडौंबाट ललितपुर वा भक्तपुर जिल्ला जान पनि नमिल्ने उनले बताए ।

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि गृहले शुक्रबारदेखि लकडाउन कडाइ गर्ने भएको हो । नेपालमा अहिलेसम्म कोरोनाबाट दुई सय ४६ जना संक्रमित छन् । काठमाडौं, भक्तपुरमा कोरोनाका संक्रमित देखिएका छन् ।

समाचार वर्गहरू