८ किलाे सुन सहित दुई चिनियाँ नागरिक पक्राउ

19

(काठमाडाैं) – अवैध रूपमा ल्याउँदै गरेकाे ८ किलाे सुन सहित दुई चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

गएराति सुन सहित उनीहरूलाई विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेकाे हाे । हङ्कङ्बाट नेपाल एयरलाईन्सकाे विमानमा काठमाडाैं आएका दुई चिनियाँ नागरिकले भित्री वस्त्रमा फल्स बटम बनाएर ४-४ किलो सुन लुकाएर ल्याएको भेटिएको विमानस्थल प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् ।

पक्राउ परेका उनीहरू सुनका मालिक हुन वा अरू कसैका लागि ल्याएकाे भन्ने खुल्न सकेकाे छैन । साे सम्बन्धमा अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ । उनीहरुलाई राति नै थुनुवा पूर्जी दिएर महानगरीय प्रहरी वृत्त, गौशालाको हिरासतमा राखिएको छ ।

समाचार वर्गहरू