काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने सहमति जुटेको जसपाका एक नेताले बताए ।
ति नेताका अनुसार अहिले मन्त्री हुने व्यक्तिको बारेमा छलफल भइरहेको छ भने नाम टुंगो लाग्ने बितिक्कै शपथको तयारी गरिएको छ।
ओली सरकारलाई सहयोग गराउँदै आएको ठाकुर पक्ष नागरिकता विधेयक जारी, संविधान संशोधनका लागि कार्यदल बनेपछि ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जान तयार भएको बताइएको छ ।
अर्का अध्यक्ष उपेन्द्र यादव समूहले भने ओली सरकारमा सहभागी हुनेलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी यस अघिनै दिइसकेको छ । आइतबार बसेको उपेन्द्र पक्षको कार्यकारिणी बैठकले त्यस्तो निर्णय गरेको हो ।