अख्तियार र नागरिक उड्डयनमा जेन-जी भन्दै थर्काउने शाही पक्राउ

51

काठमाडौं – जेन-जी समूहको नेता बन्दै कहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग त कहिले नागरिक उड्डयन प्राधिकरण गएर कर्मचारी धम्क्याउन सक्रिय अर्जुनबहादुर शाही पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई बुधवार कोटेश्वरमा पक्राउ गरेको हो।

सुशीला कार्कीको शपथमा समेत सहभागी रहेका शाहीविरुद्ध बैङ्किङ कसुर लगायतका जाहेरी रहेको खुलेको थियो। बुधबारमात्रै गृहमन्त्री ओम प्रकाश अर्यालले जेन-जीको नाममा अराजकता फैलाउनेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने बताएका थिए।

अख्तियारमा उजुरी बोकेर गएका शाहीले प्रमुख आयुक्त प्रेम राई नै चाहिने भन्दै कर्मचारीहरूलाई धम्क्याएका थिए। समूह नै लिएर हिँड्ने उनी नागरिक उड्डयन प्राधिकरण गएर त्यहाँका प्रमुख प्रदीप अधिकारीलाई राजीनामा दिन धम्क्याएका थिए।

उता हामी नेपालका प्रमुख सुधन गुरुङ पनि विभिन्न मन्त्रालयहरू गएर कर्मचारीहरू भेला पार्दै यसरी काम गर्नु भन्दै निर्देशन दिन सक्रिय देखिएका छन्।

समाचार वर्गहरू