अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय विरुद्ध अख्तियारमा उजुरी दर्ता

4

काठमाडौं । अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सचिव उपाध्यायलाई अनुसन्धान गरी थप कारबाही गर्न भन्दै मंगलबार आयोगमा सि–०६३९८७ नम्बरमा दर्ता भएको हो । भ्रष्टाचारको विषयमा अख्तियारले कुनै पनि व्यक्तिलाई पहिला पक्राउ गरेर अनुसन्धान गर्दैन । पहिला अनुसन्धान गर्छ । अनुसन्धानमा सहयोग नगरेमा वा अनुसन्धानको क्रममा दोषी देखेमा अख्तियारले पक्राउ गरेर विशेष अदालतमा वा कतिपय व्यक्तिको हकमा पक्राउ नै नगरी भ्रष्टाचार मुद्दा दर्ता गर्छ ।

उजुरीमा सचिव उपाध्याय विरुद्ध चारवटा अभियोग लगाउँदै तत्काल पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको छ । उजुरीमा सचिव डा। उपाध्यायले नक्कली दीर्घकालीन अपाङग कार्ड बनाएर गैरकानुनी लाभ लिएको आरोप लगाइएको छ । उजुरी परेपछि यसबारेमा अख्तियारले तत्काल छानबिन गर्ने छ । त्यस्तै उजुरीमा सचिव उपाध्यायकी श्रीमती भावना उपाध्यायले हाल थुनामा रहेका बिचौलिया दिपक भट्टको कम्पनीको सेयर लिएको दाबी गरिएको छ ।

सोही विषयमा उपाध्यायमाथि सम्पती शुद्धिकरण विभागले अनुसन्धान सुरु गरेको छ । यस्तो अवस्थामा तालुक निकायमा अर्थ सचिव रहने विषय स्वार्थको द्धन्द हुने भएकोले उनीमाथी समेत अनुसन्धान गर्न उजुरीमा माग गरिएको छ । आयोगमा परेको उजुरीमा अधिकृत रहँदा नै सचिव उपाध्याय तीन महिना प्रहरी हिरासतमा बसेको र उनलाई पुर्व अर्थमन्त्री रामेश्वर खनालले सरकारी जागीरमा अयोग्य रहेको भन्दै बर्खास्त गर्न लोकसेवा आयोगलाई पत्राचार गरिएको समेत उल्लेख छ ।

बिचौलिया दीपक भट्टको नेतृत्वमा स्थापना गरिएको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा सचिव डा। घनश्याम उपाध्यायले आफ्नी श्रीमती भावना उपाध्यायको नाममा दश हजार कित्ता सेयर लिएको पाइएको दाबी गरिएको छ ।

त्यसरी सेयर लिनु र सचिव उपाध्यायकै मातहतमा रहेको सम्पत्ति शुद्धीकरण विभागले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको अनुसन्धान गरिरहेकोले श्रीमती अनुसन्धानको दायरामा पर्ने र श्रीमान् सोही विभागको तालुक निकाय (मन्त्रालय) मा रहन नहुने उजुरीमा उल्लेख छ । उक्त उजुरीको बारेमा अख्तियारले तत्काल छानबिन गर्नैपर्ने बाध्यता छ । किनकि यस्ता अनियमितताको विषयमा अख्तियार मौन बसेमा सरकारको भ्रष्टाचार अन्त्य गर्ने भन्ने योजना अलपत्र पर्न सक्छ ।

समाचार वर्गहरू