ईद अल अदाह पर्वमा यूएईका जेलमा रहेका १२० नेपालीलाई आममाफी

76

काठमाडौं – विभिन्न कसुरमा यूएईको जेलमा रहेका १२० जना नेपालीहरूले आममाफी पाएका छन्।

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद अल अदाहका अवसरमा संयुक्त अरब इमिरेट्स सरकारले उनीहरूको बाँकी सजाय अवधि मिनाहा गरेको हो।

आज (बुधबार) आधुदाबीस्थित नेपाली दूतावासले एक प्रेस विज्ञप्ति जारी गर्दै सजाय मिनाहा गरेकोप्रति आभार व्यक्त गरेको छ।

समाचार वर्गहरू