उपत्यकाका नदीलाई सफा राख्न सरकारले काम गरिरहेको छ – मन्त्री घिसिङ

70

काठमाडौं – सरकारले काठमाडौँ उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक काम गरिरहेको बताएका छन् ।

त्यस क्रममा बागमती, विष्णुमती, धोबीखोला, टुकुचा र गुह्येश्वरीलगायत काठमाडौँ उपत्यकाका नदीहरुलाई सफा गर्न फोहर पानी प्रशोधन प्लान्ट बनाउने काम भइरहेको उनले जानकारी दिए ।

उनले बागमती नदी सफा गर्न गुह्येश्वरीमा ‘प्लान्ट’ बनेको र अन्य केही ठाउँमा पनि बन्ने क्रममा रहेको उल्लेख गरे ।

काठमाडौँ उपत्यकाभित्रका केही नदी ललितपुर महानगरपालिकाभित्र भएको र त्यस ठाउँमा ‘प्लान्ट’ बनाउने क्रममा स्थानीयको विरोधका कारण पनि ढिलाइ भएको मन्त्री घिसिङको भनाइ थियो । उनका अनुसार ‘वाटर ट्रिटमेण्ट प्लान्ट’ले टुकुचाको सम्पूर्ण ढल प्रक्रियालाई सफा गर्दै पानीलाई बागमती नदीमा पु¥याउने योजना सुनाए ।

मन्त्री घिसिङले भने, “यता काठमाडौँपट्टि बनिरहेको संरचना अब छिट्टै सम्पन्न हुने देखिन्छ, तर उता ललितपुरतिरको भागमा काम रोकिँदा समग्र परियोजनामा केही ढिलाइ हुने भएको छ । यसलाई जसरी पनि व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको छ ।”

हाल एडिबीको रु तीन अर्ब १८ करोड लगानीमा ‘प्लान्ट’ निर्माणको काम भइरहेको पनि मन्त्री घिसिङले जानकारी दिए ।

समाचार वर्गहरू