काठमाडौं – प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको आज बस्ने बैठकमा समितिमा प्राप्त निवेदन तथा उजुरीहरूका सम्बन्धमा छलफल हुँदैछ ।
समिति सभापति रामहरि खतिवडाका अनुसार समितिमा ६० भन्दा बढी उजुरी परेको र उक्त उजुरी समिति सदस्यहरूलाई वितरण गरिने छ ।
‘आएका उजुरीहरू कुन हाम्रो अधिकार भित्र पर्छन् पर्दैनन् त्यसबारे सामान्य छलफल हुन्छ । उजुरीलाई कसरी सम्बोधन गरेर जाने विषयमा पनि हामी छलफल गर्छौँ‚’ उनले भने ।
सभापति खतिवडाका अनुसार समितिमा उपसभामुख इन्दिरा राना मगर‚ संसद् महासचिव पद्यप्रसाद पाण्डे‚ एआइजी श्याम ज्ञवाली लगायतका विरुद्ध उजुरी परेको छ ।
पछिल्लो समय सभापति खतिवडाले नियमितरुपमा समितिको बैठक राखेर सम्बन्धित बिषयहरु किनारा लगाउँदै आएका छन् ।