एकैपटक ६४ सडक शिलान्यास गर्दै प्रधानमन्त्री ओली

77
फाइल फोटो

काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एकैपटक ६४ वटा सडक शिलान्यास गर्न आईतबार मधेश प्रदेश जाने भएका छन्।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबार एकैपटक ६४ वटा पक्की सडकहरुको शिलान्यास गर्ने कार्यक्रम रहेको मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सञ्जय यादवले बताए।

प्रधानमन्त्री ओली भोली जनकपुरधामस्थित निधी भवनमा डिजिटल प्रविधीबाट एकैपटक मधेशको ६४ वटै प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटरको एक÷एक सडक गरि ६४ सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको मन्त्री यादवले बताए।

कुल ३२० किलोमिटर सडक निर्माणका लागि तिन आर्थिक वर्षमा सम्पन्न हुने गरि बहुबर्षिय खरिद गुरुयोजनाहरु स्वीकृत भई डिपिआर समेत सकेर शिलान्यास गर्न लागिएको हो । साढे ५ मिटर चौडाई भएको उक्त सडक निर्माणमा कुल खर्च १२ सय ७० करोड खर्च हुने बताइएको छ।

प्रादेशिक क्षेत्रबाट निर्वाचित सांसदहरुको सिफारिसका आधारमा सडकको छनौट गरिएको र सर्वदलिय सहमति अनुसार कार्यक्रम गर्न लागिएको नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले बताए।

समाचार वर्गहरू