एनओसीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै

13

ललितपुर, साझा खवर संवाददाता –  नेपाल ओलम्पिक कमिटी एनओसीको नयाँ नेतृत्वका लागि आज (शनिबार) निर्वाचन हुँदैछ । अध्यक्ष पदका लागि तत्कालीन अध्यक्ष जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ ।

दोस्रो पटक अध्यक्ष पदका लागि उमेशलाल र जीवनराम आमनेसामने हुन लागेका हुन् । जीवनराम र उमेशलाल दुवै नेकपा निकट हुन् । ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा हुने निर्वाचन सहितको साधारण सभा बिहान ८ बजेपछि सुरु हुनेछ ।

यो चुनावमा पाँच जना उपाध्यक्षका लागि आठ जनाले उम्मेदवारी दिएका छन् । साधारण सभाले एक अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, १ सह महासचिव, १ कोषाध्यक्ष, ३ सचिव र ७ सदस्य सहित १९ सदस्यीय कमिटी निर्वाचित गर्नेछ ।

उपाध्यक्षमा ज्योति राणा, तेज बहादुर गुरुङ, पुष्प दास श्रेष्ठ, अशोक रत्न बज्राचार्य, सुनिल कुमार श्रेष्ठ, चतुरानन्द राज बैद्य, राजिब श्रेष्ठ र समिम मिया अन्सारीले उम्मेदवारी दिएका छन् ।
यस्तै, महासचिबका लागि पुरेन्द्र बिक्रम लाखे र निलेन्द्र राज श्रेष्ठले उम्मेदवारी दिएका छन् । निलेन्द्रले जिवनराम समुह र पुरेन्द्रले उमेशलाल समूहबाट उम्मेदवारी दिएका हुन् ।

उप महासचिबमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतन कुमार टन्डन निर्विरोध भएका छन् । उप महासचिब र कोषाध्यक्षमा एक एक जनाको मात्र उम्मेदवारी परेको हो । ३ सचिबका लागि केशब कुमार बिष्ट, रामजी श्रेष्ठ, दिपक हर्ष वज्राचार्य र तुलसी थापा प्रतिस्पर्धामा छन् ।

त्यस्तै, ७ सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । सदस्यका लागि रमेश प्रसाद सिवाकोटी, राम अवाले, प्रकाश शमशेर राणा, गोपाल सुन्दर लाल कक्षपति, टाँसी घले, होम बहादुर दोङ, दिर्ग बहादुर केसी र मनोरंजन रमण शर्माले उम्मेदवारी दिएका छन् । भदौ २० गते स्थगित भएको ओलम्पिक कमिटिको चुनाव शनिबार हुन लागेको हो । अदालतबाट मान्यता प्राप्त एनओसीका सदस्य कमलबहादुर चित्रकारले निर्वाचन रोक्न माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए ।

रिटमाथि सुनुवाई गर्दै न्यायाधिश टंकबहादुर मोक्तानको एकल ईजलासले भदौ २० गतेको निर्वाचन रोक्न आदेश दिदै भदौ २२ गते छलफलका लागि सरोकारवाल पक्षलाई बोलाएको थियो ।

समाचार वर्गहरू