एमालेकाे निर्णय : मंसिरमा महाधिवेशन, संसद् पुनः स्थापना

64

काठमाडौं – नेकपा एमालेले पार्टीको महाधिवेशन गर्ने, संसद् पुनस्थापना लागि नेतृत्व लिने निर्णय गरेको छ ।

तीन दिनदेखि जारी एमाले पदाधिकारी बैठकले यी विषय पार्टीको केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जनाए ।

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्नै नेता ज्ञवालीले यही २९,३० र ३१ गते हुने केन्द्रीय कमिटी बैठकमा यी एजेन्डा लैजाने निर्णय भएको जनाएका हुन् ।

‘सरकार चुनाव गराउने बाटोमा छैन, सरकार चुनावका लागि तयारी नै छैन । प्रहरी चौकी लुट्नेहरूलाई कारबाही भएन, जेल तोडेर कैदीहरू बाहिर बसेका छन् । चौकीहरू पुनस्थापना भएको छैन’ कसरी चुनाव हुनसक्छ ?’ उनले भने–‘केन्द्रीय बैठक २९, ३० र ३१ गते बस्नेछ त्यसमा हामीले लगेका एजेन्डामा छलफल हुनेछ चुनावको पूर्वतयारी नै भएको छैन, दलहरूलाई धम्काएर निर्वाचन कसरी हुन्छ ? निर्वाचनको आत्मा मरिरहेको छ कसरी हुन्छ चुनाव ? अहिलेका गतिविधि चुनाव लक्षित छैन ।’

नेता ज्ञवालीले संसद् पुनः स्थापनाबाट नै अहिलेको समस्याको निकास दिने जनाए । पार्टी अध्यक्ष केपी ओलीको राजीनामा मागबारे अनावश्यक विषय बाहिर आएको दाबी उनको थियो ।

मङ्सिरको अन्तिम साता पार्टीको महाधिवेशन गर्ने भएको छ। मिति र स्थान भने केन्द्रीय कमिटी बैठकले निर्धारण गर्ने ज्ञवालीले बताए।

 

समाचार वर्गहरू