काठमाडौं – नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन् ।
प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिले ठगी गरेको प्रकरणमा मुछिएका उनलाई प्रहरीले आज पक्राउ गरेको हो ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक शिवप्रसाद श्रेष्ठले उनलाई मंगलबार राति पक्राउ गरिएको पुष्टि गरे ।