एमालेको विधान महाधिवेशनमा विद्यालाई ‘नो इन्ट्री’

78
फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले दोस्रो विधान महाधिवेसनको तयारीमा जुटेको छ । शुक्रबार विहान ११ बजे गोदावरी सनराईज हलमा अध्यक्ष ओलीले उद्धघाटन गर्ने विधान महाधिवेशनले पार्टीको आगामी राजनीतिक कार्यदिशा तय गर्ने बताइएको छ ।

महाधिवेसनमा सहभागी हुने देशभरका दुई हजार २१ जना प्रतिनिधि र ३१७ जना आयोजक समिति गरी दुई हजार ३५० जना विधान महाधिवेशनमा सहभागी हुँदैछन् ।

तर सक्रिय राजनीतिमा आएको घोषणा गरेकी पूर्व राष्ट्रपति विद्या भण्डारीले भने विधान अधिवेशनमा प्रवेश नपाउने भएकी छन् । विधान अधिवेशनको पुर्वसन्ध्यामा विहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेता कार्यकर्ताहरुको जमघट देखिएपनि विद्या भण्डरी पक्षका नेता कार्यकर्ता उत्साहि देखिँदैनन् ।

पार्टी कार्यालयमा नेताहरुको उत्साह बढेपनि नेताहरुको अन्तरविराधका स्वर भने रोकिएका छैनन् । विशेषगरी एमालेमा दुई कार्यकाल कार्यकारीको प्रावधान, ७० बर्षे उमेरहद र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण जस्ता विषय निकै पेचिलो बनिरहेको छ ।

यी तीन प्रावधानलाई यसअघि एमालेको केन्द्रीय कमिटी बैठकले बहुमत सदस्यको एकस्वरमा हटाइसकेको भएपनि पार्टी भित्रका एकथरी नेताहरु असन्तुष्ट रहेका छन् । पार्टी उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले यसअघि केन्द्रीय समिति बैठकमा नोट अफ डिसेन्ट गरिसकेका छन् ।

विहिबार सचिवालय बैठकअघि एमाले नेता कर्ण थापाले निर्णय सच्याउन र विद्या भण्डारीको सदस्यता नवीकरणको माग राख्न पार्टी कार्यालय च्यासलमा संशोधन प्रस्ताव नै पेश गरेका थिए । अध्यक्ष ओली पक्षका नेताहरुले पार्टीको विधिविधानबारे गुणगान गाएपनि एमालेमा लोकतन्त्रको अन्त्य हुन खोजेको नेता थापाको आरोप छ । दुई पटक कार्यकारी, ७० बर्षे उमेरहद हटाउन नमिल्ने र विद्या भण्डारीको सदस्यता नविकरण हुनेपर्नेमा पनि भण्डारी समूहको जोड छ ।

भण्डारी पक्षका नेताहरु विधान महाधवेसनबाटै वारपार गर्ने मुडमा पुगेपनि ओली पक्षका नेताहरु पेलेरै अघि बढ्ने देखिन्छन् । विवादको सतहमा आएको विषयलाई पार्टीले प्रक्रियागत रुपमै टुंग्याइसकेको उनीहरुको निष्कर्ष छ ।

समाचार वर्गहरू