एमालेमा विधान महाधिवेशनको निर्णय उल्टियो, पदाधिकारीको संख्या बढाउने निर्णय

58

काठमाडौं – नेकपा एमालेमा विधान महाधिवेशनका निर्णय उल्टाइएको बताइएको छ ।

११ औं महाधिवेशनको बन्द सत्र रोकेर डाकिएको केन्द्रीय कमिटीको बैठकले पदाधिकारीको संख्या बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार अब पदाधिकारीको संख्या १९ नै हुनेछ। अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना हुने र वरिष्ठ उपाध्यक्ष नरहने गौतमले बताए। त्यस्तै केन्द्रीय कमिटीको आकार ३ सय १ सदस्यीय हुने व्यवस्था पनि गरिएको छ।

त्यसको एक तिहाई ९९ देखि १ सय १ जनासम्मको पोलिटब्युरो, त्यसको एक तिहाइ अर्थात् ३० देखि ३३ जनाको स्थायी कमिटी रहने गौतमले बताए। यसअघि गत भदौमा भएको विधान महाधिवेशनले केन्द्रीय कमिटीको आकार २ सय ५१ सदस्यीय बनाउने, पदाधिकारी १५ मा झार्ने र स्थायी कमिटी नै नराख्ने निर्णय गरेको थियो। केन्द्रीय कमिटी र पदाधिकारीको संख्या बढाउने निर्णयमा ईश्वर पोखरेल पक्षीय नेताहरूले विरोध गरेका थिए।

समाचार वर्गहरू