एमालेले केन्द्रीय समितिको बैठक बस्दै, बन्दसत्र सर्यो

66

काठमाडौं – नेकपा एमालेले अहिले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

बिहान ९ बजे काठमाडौँको भृकुटीमण्डपमा बस्ने गरी बैठक बोलाइएको प्रचार  विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

पार्टी महाधिवेशन अन्तर्गत आजबाट एमालेको बन्दसत्र पनि भृकुटीमण्डपमा सुरु हुँदैछ । यसअघि ७ः३० बजेका लागि बोलाइएको बन्दसत्र भने मध्याह्न १२ बजेको लागि सारिएको छ । यद्यपि नेता कार्यकर्ताहरू बन्दसत्र स्थलमा भेला हुन थालेका छन् ।

यसै क्रममा बोलाइएको केन्द्रीय कमिटी मार्फत अध्यक्ष ओलीले विभिन्न प्रस्ताव अघि सार्ने भएका छन् । ओलीका प्रस्ताव केन्द्रीय कमिटी हुँदै बन्दसत्रमा पेस हुनेछन् ।

भृकुटीमण्डपमा आज अपराह्न १२ः१५ मा बन्दसत्र सुरु हुने जानकारी एमले प्रचर विभागले दिएको छ।

समाचार वर्गहरू