काठमाडौं – नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । बुधबार बिहान सवा ९ बजेबाट शुरू भएको मतदानमा साँझ सवा ७ बजेसम्म ११ सय प्रतिनिधिले मत दिएका छन् ।
एमाले महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधि सहभागी भएका छन् । साँझ ८:३० बजेसम्म ११ सय प्रतिनिधिले मत हालेकाले अब ११ सय ५८ जनाले मत हाल्न बाँकी रहेको एमालेको केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए ।
यसैबीच मतदानका लागि मतदान केन्द्रमा प्रवेश गर्ने समय राति १० बजेसम्म थप गरिएको छ ।
राति ८ बजेसम्म रहेको समयलाई थप गरेर १० बजेसम्म बनाइएको र सहभागीका लागि कुपनको समेत व्यवस्था गरिएको आयोगका उपाध्यक्ष पोखरेलले जानकारी दिए ।
मंसिर २८ गते शनिबार शुरू भएको एमाले महाधिवेशन नयाँ नेतृत्व चयन गरेर समापन हुनेछ । अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् ।