काठमाडौं – नेकपा (एमाले) को केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन्।
जेन–जीको प्रदर्शनका क्रममा सरकारले व्यापक दमन गरेर १९ जनाको मृत्यु भएपछि नैतिकताका आधारमा पनि प्रधानमन्त्री पदमा बस्न नमिल्ने उनले बताएकी हुन्।
‘गृहमन्त्रीले मात्र राजीनामा दिएर हुन्न, प्रधानमन्त्रीले पनि राजीनामा दिनु पर्छ,’ केन्द्रीय सदस्य तिम्सेनाले सामाजिक सञ्जाल फेसबुकमा भनेकी छन्।
गृहमन्त्री रमेश लेखकले सोमबारको मन्त्रिपरिषद बैठकमा पदबाट राजीनामा दिएका छन्।