एमाले विधान महाधिवेशनको सबै खर्च पार्टीले नै व्यहाेर्ने

91

काठमाडौं – नेकपा एमालेले एसपटक विधान महाधिवेशन प्रतिनिधिसँग कुनै शुल्क नउठाउने भएको छ ।

भदौ २० गतेदेखि ललितपुरको गोदावरीमा सुरु हुने विधान महाधिवेशनमा आउने प्रतिनिधिसँग कुनै शुल्क नलिइने एमाले महासचिव शंकर पोखरेलले बताए ।

उनले भने, ‘हाम्रो विगतमा शुल्क उठाउने परम्परा थियो, यस पटक हामीले नउठाउने निर्णय गरेका छौँ । पार्टी केन्द्रबाट खर्चको व्यवस्थापन हुन्छ। खर्च कति लाग्छ भन्ने अहिले अनुमान गर्न गाह्रो छ। अधिवेशन सम्पन्न भइसकेपछि सार्वजनिक गर्नेछौँ। स्वभाविक रूपमा पनि वैधानिक पार्टी भएकाले कति खर्च लाग्यो हिसाब किताब गरिहाल्छौँ ।’

एमाले विधान महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कूल २ हजार ३ सय ४१ जनाको सहभागी हुँदैछन् ।

प्रतिनिधिहरूलाई खानाको व्यवस्था कार्यक्रममै गरिने भएपनि बासको व्यवस्थापन भने आफैँले मिलाउनुपर्ने जनाएको छ ।

समाचार वर्गहरू