एमाले विधान महाधिवेशनमा कर्ण थापाले फरक मत राख्न पाउने

101

काठमाडौं – नेकपा एमालेले स्थायी कमिटी सदस्य कर्ण थापालाई विधान महाधिवेशनमा फरक मत राख्न दिने भएको छ ।

ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा महासचिव शंकर पोखरेल सांगठानिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि थापालाई फरक मत पढ्न दिइने कार्यसूची तय भएको हो ।

थापाले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने, ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउनेलगायतको विषय समेटिएको ३२ पृष्ठ लामो फरक मत राख्ने भएका छन् ।

बिहिबार बसेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि भण्डारीको पक्षमा फरक मत राखेका थिए । उनलाई उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि साथ दिएका छन् ।

थापालाई फरक मत राख्न दिएपछि भण्डारी सदस्यताको विषयमा विधान महाधिवेशनमा छलफल नहुने ओलीले बताइसकेका छन् ।

समाचार वर्गहरू