काठमाडौँ – नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न ११औँ महाधिवेशनमार्फत गरिएको मतदानमा हालसम्म ५० प्रतिशत मत खसेको छ ।
केन्द्रीय निर्वाचन आयोगले दिएको जानकारी अनुसार बुधबार बिहान ८ बजेदेखि सुरु भएको मतदानमा राति ८ बजेसम्म एक हजार एक सय ५ मत खसेको हो ।
२ हजार २ सय ६३ प्रतिनिधिमध्ये एक हजार एक सय ५ जनाले आफ्नो मत खसालेका हुन् । अब १ हजार एक सय ५८ मत खस्न बाँकी रहेको छ ।
आयाेगका अनुसार दिउँसाेकाे तुलनामा अहिले छिटाे मतदान भइरहेकाे छ ।