‌‌ओली, देउवा, प्रचण्ड र निकटस्थहरूको सम्पत्ति छानबिन सुरु

92
फाइल फोटो

काठमाडौं – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रमुख तीन दलका शिर्ष नेता र नातेदारहरुको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको छ।

विभागले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनीहरूको पारिवारिक सदस्यहरुको समेत सम्पत्ति विवरण झिकाएर अनुसन्धान थालेको हो।

‘उहाँहरू, नातेदार र आफन्तहरुको नाममा कहाँ-कहाँ चल/अचल सम्पत्ति छ, शेयरहरू कति छन्, के-कस्तो कारोवार रहेछ भनेर सरोकारवाला निकायहरुलाई पत्राचार गरेर झिकाउने काम भएको छ’ विभागसम्वद्ध स्रोतले भन्यो।

ओलीमाथि गिरीबन्धु टि इस्टेट, गोकर्ण फरेष्ट रिसोर्ट लगायतमा नीतिगत भ्रष्टाचार गरी गैरकानूनी सम्पत्ति कमाएको आरोपमा उजुरी छ ।

प्रचण्डमाथि नक्कली लडाकु प्रकरणका क्रममा अनियमितता गरेको आरोप छ भने देउवा दम्पत्तिमाथि सार्वजनिक पदको दुरुपयोग गरेर सम्पत्ति जोडेको उजुरी छ।

समाचार वर्गहरू