ओली-भण्डारीबीच छिटै ‘चमत्कारी सेटलमेन्ट’ हुन्छ – पोखरेल

90

काठमाडौं – नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति भइसकेकोले पुनः पार्टी राजनीतिमा आउनु शोभनीय नहुने बताए।

शनिबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै नेता पोखरेलले भने ‘संसदीय प्रणाली भएका विश्वका कुनै पनि देशमा सेरोमोनियल राष्ट्रपति भइसकेको व्यक्ति फेरि पार्टीमा वा सरकारमा जाने कुरा त्यति शोभनीय हुँदैन,हाम्रो पार्टी र राष्ट्रको अभिभावक भएर बस्नुपर्छ भन्ने हाम्रो भनाइ हो।’

तर, उनले संविधान र कानुनले भण्डारीलाई राजनीतिमा आउन नरोक्ने स्पष्ट पारे। भण्डारीले पार्टी सदस्यता नवीकरण गरिसकेको पुष्टि गर्दै पोखरेलले भने, ‘उहाँले आउँछु भन्दा संविधान कानुनले कहीँ रोक्दैन। प्रतिस्पर्धालाई अस्वीकार गर्ने कुरा पनि भएन।’

नेता पोखरेलले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच कुनै विवाद नआउने र छिट्टै ‘चमत्कारी सेटलमेन्ट’ देख्न पाइने दाबी गरे।

उनले भने, ‘मेरो अन्तःस्करणबाट के कुरा आउँछ भने कमरेड केपी ओली र विद्या भण्डारीको बीचमा विवाद नआइकन एउटा सेटलमेन्ट चमत्कारी ढंगबाट छिट्टै देख्न पाइन्छ।’

समाचार वर्गहरू