ओली विदेशीले हुर्काएको एजेन्ट हुन् – प्रचण्ड

21

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीलाई विदेशीले हुर्काएको एजेन्ट भएको बताएका छन्। आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित ५६ औंअन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।

विदेशीको साथमा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्न लागेको आरोप लगाउँदै गणतन्त्र समाप्त गर्ने र संविधान च्यात्‍ने  धारकाे नेतृत्वमा ओली रहेको प्रचण्डको भनाइ छ ।

‘संघीयता र लोकतान्त्रिक गणतन्त्र सिध्याउन सक्ने एउटै व्यक्ति अनि जाति, लिंग र समुदायका हकअधिकार सिध्याउन सक्ने, विदेशीसँग राम्रै लम्पसार पर्न सक्ने  २० औँ, २५ औं वर्षदेखि विदेशीले हुर्काएको पालित–पोषित पनि को हो भनेर हेर्दै जाँदा त्यो धारको प्रतिनिधिको रुपमा सबैले केपी ओलीलाई भनेका छन्’, प्रचण्डले भने ।

समाचार वर्गहरू