कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

57

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यसै वर्ष सञ्चालित कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको यस परीक्षामा सहभागी भएकामध्ये ९ हजार ४५६ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

बोर्डले आज सार्वजनिक गरेको नतिजाअनुसार कूल १४ हजार ९ सय १० परीक्षार्थी सहभागी भएका थिए । यसमध्ये ९ हजार ४५६ जनाले सफलता हासिल गरेका छन् । परीक्षामा दुई जना परीक्षार्थीको नतिजा भने रद्द गरिएको बोर्डले जनाएको छ ।

विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइटमा गएर वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार आफ्नो नतिजा हेर्न सक्नेछन् ।

समाचार वर्गहरू