कमला नगरपालिकाका मेयर यादव र उपमेयर मण्डलबीच हानाहान

68

काठमाडौं – पूर्वी धनुषाको कमला नगरपालिकाका मेयर र उपमेयरबीच कुटाकुट भएको घटना बाहिरिएको छ ।

विहिबार कमला  नगरपालिकाको कार्यालयमा बसेको कार्यपालिकाको बैठकको क्रममा मेयर विशेश्वर प्रसाद यादव र उपमेयर शिला देवी मण्डलबीच कुटाकुट भएको बताईएको छ ।

गत चैत्त ३० गते नगरसभा सम्पन्न भई कार्य संचालनको लागि बसेको बैठकको क्रममा उपमेयर मण्डलले आफ्नो अधिकार हनन गर्न खोजेको भन्दै कुटाकुट भएको बताएकी छन् । उनले मेयर यादवले आफूमाथि अपशब्द प्रयोग गरेपछि हात हालाहाल भएको बताईन् ।

नगर सभा र बजेट सँचालन सम्बन्धी मिति नलेखिएको कागजातमा हस्ताक्षर गराउन खोजेको भन्दै विवाद भएको थियो । सोही क्रममा उपमेयर मण्डलले कागजात च्यातेपछि झगडा भएको बताईएको छ ।

सोही कार्यपालिका बैठकमा सहभागी वडा नं. १ वडाध्यक्ष शरददेव यादवले उपमेयर मण्डलमाथि चप्पल लिएर मेयरलाई हानेको बताए । उनले भरि सभामा चप्पल लिएर हिर्काएको बताए ।

यता, उपमेयर मण्डलले चप्पल प्रहार भएको कुरा मिथ्या र कपोकल्पित भएको बताईन् । उपमेयर मण्डलले मेयरमाथि हात हालाहाल मात्रै भएको र चप्पल प्रहारको कुनै घटना नभएको बताईन् । उनले सो कुराको खण्डन गरिन् ।

यस सन्दर्भमा मेयर यादवले समेत हात हालाहाल भएको बताए । उनले आफूलाई कार्यपालिका बैठकमै मानमर्दन गरेको भन्दै कानुनी प्रक्रियामा जाने बताए ।

समाचार वर्गहरू