कांग्रेस बागमती संसदीय दलको मुख्य सचेतकमा बादे, सचिवमा महर्जन

102

काठमाडौं – कांग्रेस बागमती प्रदेश संसदीय दलको मुख्य सचेतकमा कञ्चनचन्द्र बादे नियुक्त भएका छन् । मुख्यमन्त्री एवं संसदीय दलको नेता इन्द्रबहादुर बानियाँले उनलाई मुख्य सचेतकमा नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको विधानको दफा ११ को उपदफा १ बमोजिम सांसद बादेलाई मुख्य सचेतकको जिम्मेवारी प्रदान गरिएको हो ।

संसदीय दलको रिक्त रहेका मुख्य सचेतक पदमा मुख्यमन्त्री बानियाँले सांसद बादेलाई नियुक्त गरेका हुन् । बादे काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ (२)बाट निर्वाचित सांसद हुन् । उनी कांग्रेस बागमती प्रदेश समितिका महामन्त्रीसमेत हुन् ।

त्यसैगरी मुख्यमन्त्री बानियाँले संसदीय दलको विधानको दफा १० को उपदफा ८ बमोजिम संसदीय दलको सदस्यसचिवमा मीनकृष्ण महर्जनलाई नियुक्त गरेका छन् ।

प्रदेशको पूर्व युवा तथा खेलकुदमन्त्रीसमेत रहेका महर्जनलाई बानियाँले सदस्यसचिवको जिम्मेवारी प्रदान गरेका हुन् । महर्जन ललितपुर निर्वाचन क्षेत्र नम्बर १ (१)बाट निर्वाचित सांसद हुन् ।

मुख्यमन्त्री बानियाँले संसदीय दलको उपनेता तथा कोषाध्यक्ष भने नियुक्त गरेका छैनन् ।

समाचार वर्गहरू