काठमाडौंको तिनकुनेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

39

काठमाडौं –  टिपरको ठक्करबाट कोटेश्वरको तिनकुनेमा एकजनाको मृत्यु भएको छ। आज बिहान अन्दाजी ४:३० बजे तिनकुने गैरीगाउ पेट्रोलपम्प अगाडि टिपरले मोटरसाइकल चालकलाई ठक्कर दिएको हो।

३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई सेतो कलरको रातो पालले ढाकेको लोड ट्रिपरले ठक्कर दिएको जनाइएको छ। टिपर दुर्घटनापछि गौशालातर्फ फरार भएको थियो।

सवारी दुर्घटनामा दुई जना काभ्रेका रमेश तामाङ र सुकराम तामाङ घाइते भएका थिए। उनीहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको हो।

उपचारको क्रममा काभ्रे पनौती नगरपालिका ११ घर भई ललितपुर धापाखेल बस्ने सुकराम तामाङको बिहान साढे ५ बजे मृत्यु भएको  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए।

काभ्रे बेथानचोक-६ का अन्दाजी ३० वर्षीय रमेश तामाङको उपचार भइरहेको छ। ठक्कर दिने टिपरलाई विमानस्थलको कार्गोभित्र छोडेर चालक भने फरार भएको प्रहरीले जनाएको छ। टिपर फेला पारी नियन्त्रणमा लिएको तर चालक फेला नपरेको प्रहरीको भनाइ छ।

समाचार वर्गहरू