काठमाडौंमा घाम लाग्यो, जनजीवन सामान्य बन्दै

67

काठमाडौं – काठमाडौं उपत्यकामा पानी पर्न रोकिएपछि जनजीवन सामान्य बन्दै गएको छ । अहिले बिहान काठमाडौंमा मधुरो घाम लागिरहेको छ ।

हिजो वर्षा र बाढीका कारण विस्थापित भएकाहरु पनि आ–आफ्नो घरमा फर्किन थालेका छन् । डुबानमा परेका घर, पसलहरु सफा गर्दैछन् ।

कुलेश्वरको डुबान क्षेत्रमा रातभर डुंगा चलाएर स्थानीयलाई सुरक्षित स्थानमा सारिएको थियो । सुरक्षाकर्मीहरु अहिले पनि उद्धार र सरसफाइमा जुटेका छन् ।

मौसमविदहरुले अब काठमाडौं उपत्यकामा ठूलो पानी पर्ने सम्भावना नरहेको बताएका छन् । उनिहरुका अनुसार पानी पार्ने प्रणाली कोशी प्रदेशतिर सरेको छ ।

समाचार वर्गहरू