काठमाडौं – काठमाडौं महानगरपालिकाको बजेट सर्वसम्मतिले पारित भएको छ । काठमाडौँ महानगरको १७औँ नगरसभाको दोस्रो बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गरेको हो।
आगामी आर्थिक वर्षका लागि महानगरले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको ल्याएको बजेट बुधबारको सभाले पारित गरेको हो ।
महानगरले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोष र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी बजेट ल्याएको छ ।
आर्थिक वर्ष २०८१/०८२ का लागि महानगरले २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट ल्याएको थियो ।