काठमाडौ-३ को सभापतिमा सन्तोष चालिसेको उम्मेदवारी

81

काठमाडौं – आउदो फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कांग्रेसबाट काठमाडौ ३ का सभापति सन्तोष चालिसेले उम्मेदवारी घोषणा गरेका छन्।

आज बसेको बसेको नेपाली काङ्ग्रेसको काठमाडौ क्षेत्र नं. ३ को बैठकमा पदाधिकारी, पुर्व पदाधिकारी, क्षेत्र, प्रदेश, नगर, वडा कार्यसमितिको संयुक्त बैठकमा निवर्तमान सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसेले प्रतिनिधि सभाको निर्वाचनका उम्मेदवारी घोषणा प्रस्तावको बैठक हलले समर्थन गरेको थियो ।

सो अवसरमा चालिसेले जेन-जी आन्दोलन पछिको परिवर्तित सन्दर्भमा पार्टीमा जेन-जी पुस्तालाई समेट्न निर्देशन दिएका थिए ।

क्षेत्रीय सभापति चालिसेले सम्पूर्ण कारबाही निलम्बन फुकुवा गर्न र क्रीयाशिल सदस्यता नविकरण तथा नयाँ वितरण पौष ८ भित्र सक्न पार्टी पंक्तिलाई निर्देशन दिएका थिए ।

समाचार वर्गहरू