कारबाहीबारे गृह मन्त्रालय र कार्की आयोगबीच मतभेद

117

काठमाडौं – जेन–जी प्रदर्शनका क्रममा भएको मानवीय र भौतिक क्षतिसँग सम्बन्धित व्यक्तिलाई कारबाही गर्ने सन्दर्भमा गृह मन्त्रालय र न्यायिक जाँचबुझ आयोगबीच मत बाझीएको छ ।

फौजदारी कसुरमा संलग्नमाथि तत्काल कारबाही प्रक्रिया अघि बढाउने–नबढाउने सन्दर्भमा मन्त्रालय र आयोगको फरक–फरक भनाइ सार्वजनिक भएको छ।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगका सदस्य विज्ञानराज शर्माद्वारा मंगलबार जारी विज्ञप्तिमा फौजदारी कसुरमा संलग्नलाई सरकारका संयन्त्रबाट अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने प्रष्ट पारिएको छ ।

गृहले भने ९ असोजमा विज्ञप्ति जारी गर्दै ‘आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारबाही अघि नबढाइने’ बिषय सार्वजनिक  ।

गृहमन्त्री ओमप्रकाश अर्यालले समेत जेन–जी प्रदर्शनमा सहभागीलाई धरपकड नगर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए । यसमा जाँचबुझ आयोगले काम गरिरहेको भन्दै उनले यस्तो निर्देशन दिएपछि प्रहरीले समातेका कतिपय व्यक्तिहरू छुटेका थिए ।

‘लुटपाट र आगजनीमा संलग्न भएको आरोपमा पक्राउ परेका कतिपयलाई समेत मन्त्रालयको आदेशपछि छाड्नुपर्‍यो,’ उपत्यकामा कार्यरत एक प्रहरी अधिकृतले भने, ‘तर अहिले आयोगले कारबाही गर्न प्रहरीलाई बाधा नहुने भनेपछि अलमलमा परेका छौं ।’

समाचार वर्गहरू