केयूको उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त

39

काठमाडौं – काठमाडौं युनिभर्सिटी (केयू) को उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त भएका छन् ।

कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई नियुक्ति गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । उनलाई नियुक्ति पत्र लिन प्रधानमन्त्री कार्यालय बोलाइएको छ ।

नियुक्तिपत्र आजै दिइने मन्त्रिपरिषद् कार्यालयका एक कर्मचारीले जानकारी दिएका छन् । माघ ४ गते उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि वाग्ले निमित्त उपकुलपतिको जिम्मेवारीमा थिए । २०७९ असोज २ गते वाग्लेलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले रजिष्ट्रार नियुक्त गरेका थिए ।

यस्तै, सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेश भट्टलाई नियुक्त गरेको छ।

समाचार वर्गहरू