कोरोना रोकथाम कोषमा राप्रपाले ५ लाख दिने

65

(काठमाडौं) – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचार कोषलाई ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । राप्रपाले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरस (कोभिड–१९) को जोखिम सामना गर्न सरकारले निर्माण गरेको केन्द्रीय राहत कोषमा जम्मा हुने गरी पाँच लाख सहयोग गर्ने जनाएको हो ।

कोषाध्यक्षद्वय चन्द्रबहादुर गुरुङ र गणेश चन्दले मंगलबार विज्ञप्ति जारी गर्दै पार्टीको तर्फबाट कोषमा ५ लाख उपलब्ध गराउने निर्णय भएको जानकारी गराएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ रोकथाम तथा नियन्त्रण कोष बनाउने निर्णय गरेको थियो । कोषमा सरकारले ५० करोड सुरु पुँजी राख्ने बताएको थियो । कोषमा रकम जम्ममा गर्न सरकार र गैरसरकारी व्यक्ति, संघसंस्थासँग सहयोग आह्वान गरिएको छ ।

समाचार वर्गहरू