काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले उनलाई बुधबार पक्राउ गरेको हो। अख्तियारले अधिकारीसँगै क्यानका पूर्वमहानिर्देशक मुरारी भण्डारीलाई पनि नियन्त्रणमा लिएको छ।
भक्तपुरको नलिन्चोक हेलिकप्टर घटनासम्बन्धी भ्रष्टाचार मुद्दा दर्ता गर्ने तयारीस्वरूप उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ।
अधिकारीसहित निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नवलविक्रम थापा, अभियन्त्र कन्सलटिङ प्रालि र सो प्रालिका प्रमुख विजय थापा, निजी इन्जिनियर गुरुदत्त अधिकारीलाई प्रतिवादी कायम गरिएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए ।
उनीहरूसँग जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रूपैयाँ ७७ पैसा बिगो दाबी र कैद तथा जरिवाना माग गरिएको विशेष अदालतले जनाएको छ ।