क्यान्सरका कारण उपचारको क्रममा लोक दोहोरी गायिका गोलेको निधन

73
फाइल फोटो

काठमाडौं – लोक दोहोरी गायनअन्तर्गत काठे भाकाकी गायिका इन्दिरा गोलेको निधन भएको छ । उनी क्यान्सर रोगले ग्रस्त थिइन् ।

चागुनारायण थान, घुम्तीनीर लेट भयो, आज मलाई उनीको पछ्यौरीलगायतका गीतबाट उनले प्रख्याती हासिल गरेकी थिइन् ।

वरिष्ठ गायिका गोलेले काठे लोकदोहोरी, पश्चिमेली लोकदोहोरी, तामाङ सेलो, देउडा जस्ता हजारौं गीतमा स्वर दिइसकेकी छन्।

उनको निधनले सम्पूर्ण नेपाली संगीत क्षेत्रमा एक अपूरणीय क्षति पुगेको छ। जीवनभरि नेपाली गीत–संगीतलाई प्रेम र योगदान दिएकी इन्दिरा गोलेका स्वरहरूले लाखौँ श्रोतालाई मन्त्रमुग्ध बनाएको थियो। उनले दिएको योगदान अमर र अजर रहनेछ भन्नेमा संगीतप्रेमीहरू एकमत छन्।

यस दुःखद घडीमा कलाकार, संगीतकर्मी र शुभचिन्तकहरूले गहिरो शोक व्यक्त गर्दै स्व. गोलेको आत्माले शाश्वत शान्ति पाओस् भन्ने प्रार्थना गरेका छन्। साथै, शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ।

समाचार वर्गहरू