क्रियाशील सदस्यता वितरण थप व्यवस्थित गर्दै काँग्रेस

62
फाइल फोटो

काठमाडौं – नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणलाई थप व्यवस्थित गर्ने भएको छ।

महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आजको बैठकले केन्द्रदेखि वडा तहसम्मका निकायले क्रियाशील वितरणबारे उदार र व्यवस्थित गर्ने निर्णय गरेको हो।

क्रियाशील सदस्यता फारम लैजाँदादेखि इन्ट्री गर्दासम्म पार्टीका निकायहरूमा रेकर्ड रहने गरी व्यवस्थित गर्न लागिएको समितिका सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले बताए।

साथै जनसम्पर्क समितिहरूमा क्रियाशीलबारे विवाद देखिएकोले केन्द्रबाट हेर्ने र क्यानडा, अष्ट्रेलियालगायत जनसम्पर्कमा देखिएका विवाद समाधान गर्ने समितिको तयारी छ।

क्रम संख्या उल्लेख गरिएका क्रियाशील सदस्यता फारम जिल्ला तथा क्षेत्रहरूमा पठाउने काम पुन: सुरू भइसकेको पनि उनले बताए।

समाचार वर्गहरू